मोबाईल किन्दै हुनुहुन्छ ??? यि कुराहरुमा ध्यान दिनुहोस् ।
यदि तपाई मोबाईल किन्दै हुनुहुन्छ भने यि कुराहरुमा ध्यान दिनुहोला ।
–मोबाईल किन्दा आइएमआई हेर्नुपर्छ । आईएमआई नम्बर बाट त्यो सेट नेपालका लागि बैधानिक रुपमा भित्रिएको हो कि होईन थाहा पाउन सकिन्छ ।
–आधिकारीक कम्पनीको आधिकारिक सोरुमबाट वारेन्टीसहितको मोबाईल सेट किन्नुपर्छ ।
–कम्पनीको सर्भिस सेन्टरका बारेमा जानकारी लिनुपर्छ ।
–सिल प्याक गरिएको सेट मात्र लिनुपर्छ ।
–ब्याट्रीमा नेपालस्थित आधिकारिक अधिकृत बिक्रेताको होलोग्राम हेर्नुपर्छ ।
–सेटसँगै ब्याट्री, चार्जर, मेमोरीकार्ड आदि पनि चेक गरेर लिनुपर्छ ।
मोबाईललाई ठाँउ, संस्कृति तथा जिवनशैली अनुसार फरक फरक नाममा चिनिन्छ । अमेरिकनहरु यसलाई सेलफोन, सेल वा टेक्स्टिङ्ग भन्छन् । चीनमा ह्यान्डी फोन भनिन्छ । त्यस्तै स्पेनमा टेलिफोनो वा मोभिल भनिन्छ । अन्य देशमा के के भनिन्छ त ? आउनुस् पढौं ।
इरान – मोबाइल
कोरिया – ह्यान्ड फोन
जापान – कोइता
नेदरल्यान्ड – मोबाइल टेलिफुन
बेल्जियम – जिएसएम
फ्रान्स – टेलिफोन पोर्टेबल वा पोर्टेवल
जर्मनी – ह्यान्डी
इन्डोनेसिया – ह्यान्ड फोन वा एचपी
टर्की – पाकेट फोन
क्युबा – सेलुलर वा मोबिल
इजरायल – बन्डर फोन
For More videos Log on to Mazzako TV