राती काम गर्दैहुनुहुन्छ ? मुुटु र फोक्सो बचाउनुहोस् ।
मज्जाको अनलाईन समाचार, माघ ३ गते, काठमाण्डौं
राती निरन्तर काम गर्ने बानी छ भने होसियार हुनुहोस्, कतै फोक्सोको क्यान्सर र मुटु रोग त भएको छैन ? एक अनुसन्धानले रात्रीकालीन कामले यस्तै रोग लाग्ने दावी गरेको छ ।
विश्वको सम्भवतः सबैभन्दा ठुलो समुहमा गरिएको यस अध्ययनअनुसार नाइट सिटीमा काम गर्नु भनेको मुत्युलाई छिटो निम्त्याउनु हो । अध्ययनमा मासिक रुपमा कम्तीमा तीन रातसम्म का मगर्नेहरुलाई सहभागी गरिएको थियो । अनुसन्धान अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित भएको हो ।
यस अध्ययनका लागि अनुसन्धानकर्ताहरुले नर्सेज हेल्थ स्टडीद्वारा राखिएको २२ बर्षको तथ्यांकको विश्लेषण गरेको हो । नर्सेज हेल्थ स्टडीले अमेरिकाका नर्सहरुको स्वास्थ्य सम्बन्धी तथ्यांक राख्छ । यस संस्थामा ७५ हजार नर्सहरु आबद्व छन् ।
अध्ययनमा पाँच वा सोभन्दा बढी बर्षसम्म आलो–पालो गरेर राति काम गर्ने नर्सहरुमा मुटु रोग सम्बन्धी समस्याले मृत्यु दर बढेको पाईएको थियो । त्यसैगरी, १५ बर्षभन्दा बढी समयसम्म का मगर्ने नर्सहरुमा फोक्सोको क्यान्सरले मृत्यु दरमा वृद्वि भएको पाइयो ।
पर्याप्त निन्द्रा, मानिसको दैनिक जीवन प्रक्रिया र २४ घण्टामा मानव शरीरमा हुने निरन्तर परिवर्तनको सर्केडियन सिस्टम नै मुटु स्वस्थ्य र क्यान्सरको गाँठो बढ्नबाट रोक्न महत्वपुर्ण रहने अध्ययनको निचोडले देखाएको छ ।
अध्ययन अनुसार, ६ देखि १५ बर्षसम्म आलोपालो गरेर रातमा काम गर्ने नर्सहरुको मृत्युदर अन्यभन्दा ११ प्रतिशत बढी रहेको भेटियो ।
– कान्तिपुर दैनिकबाट
For More videos Log on to Mazzako TV








