ब्रेकअप/डिभोर्स बिर्सन तीन महिना !
मज्जाको अनलाईन समाचार, माघ ३ गते, काठमाण्डौं
प्रेमकै कारण ठुला ठुला युद्व भएका छन् । प्रेमले मान्छेलाई जति जोस, जाँगर दिन्छ, त्यति नै प्रेम विछोडले पीडा दिन्छ । प्रेम वियोग सम्हाल्न नसक्दा कतिपय खुस्केका उदाहरुणहरु हाम्रै समाजमा भेटिन्छन् ।
हालै गरिएको एउटा सर्वेक्षणले पुरुष र महिलालाई प्रेम सम्बन्ध टुटेपछि त्यसबाट पार पाउन कम्तीमा तीन महिना लाग्छ । अर्थात ब्रेकअप वा डिभोर्सको तीन महिनापछि मात्रै त्यस्ता ब्यक्तिले नयाँ सम्बन्ध बनाउन मानसिक रुपले तयार हुन्छन् ।
बिगत एक बर्षमा यस्ता सम्बन्ध टुटेका १८ देखि २५ बर्ष उमेर समुहका एक हजार चार सय चार जना विश्वविद्यालयका विद्यार्थीहरुमा गरिएको सर्वेक्षणले यस्तो नतिजा निकालेको हो ।
जर्नल अफ पोजेटिभ साईकोलोजीको अध्ययन अनुसार, ब्रेकअप भएको ११ सातापछि सर्वेक्षणमा सहभागी भएकाहरुले आफ्नो सम्बन्धको बारेमा सकारात्मक रुपले बताउने स्थितिमा थिए ।
– कान्तिपुर दैनिकबाट