ब्यस्त सडकमा एक्कासी करोडौं रुपैयाँ छरिएपछि…
माघ १ गते, काठमाण्डौं ।
सोच्नुस् त्यो नजारा जब सडकमा एक चलिरहेको गाडीबाट पैसाको नोट बर्सिन थाल्छ , त्यो पनि एक हजार , दुई हजार रुपैया होइन पुरा करोडौं रुपैयाँको वर्षात ।
हामीले यसो भनिरहदा तपाईहरुलाई यो काल्पनिक जस्तो लाग्न सक्ला तर यो कुनै काल्पनिक घटना नभई कुनै देशमा घटेको सत्य घटना हो । डेली मेलको खबर अनुसार हङ्गकङ्ग शहरमा निकै व्यस्त रहने ग्लुसेस्टर सडकमा केही यस्तै घटना घट्यो । मल्टी लेन भएको सडकमा रुपैयाले भरिएको एक भ्यानबाट करोडौं रुपैयाँको नोट खस्यो अनि हुनु के थियो र रु मानिसहरुको भीड ती नोटको वरिपरि ।
व्यस्त रहने ती सडकमा मानिसहरु तछाडमछाड गर्न थाले त्यो पनि अधिक भन्दा अधिक रुपैयाँ बटुल्न । यति सम्म की गाडीमा गईरहेका यात्रु समेत ओर्लेर सडकमा छरिएको नोट बटुल्न थाले । सोही कारण त्यहाँ मानिसको असंख्य रुपमा भीड भयो । सो भीडलाई नियन्त्रण गर्न प्रहरी पनि पुगे ।
तर मानिसहरुको भीडलाई प्रहरीले नियन्त्रणमा लिन नसकेपछि अझ प्रहरी तैनाथ गर्नुपर्यो त्यो पनि हतियार सहित । तर यो पत्ता लगाउन सकिएन की आखिर सडकमा छरिएका ती नोट क–कसले उठाए रु प्रहरीले पैसा उठाउने सबै मानिसलाई फिर्ता गर्न समेत आदेश दिए ।
कयौंले रुपैया फिर्ता गरे भने कयौंलाई कारागारमा समेत हाल्नु पर्यो । प्रहरीका अनुसार यस्ता व्यक्तिहरुलाई १० वर्षको जेल सजाँय हुन सक्ने व्यवस्था छ । प्रहरीले जानकारी दिए अनुसार रुपैयाले भरिएको ती भ्यान आफ्नो गन्तव्य तर्फ गईहेको थियो ।
भ्यानको ढोका खुला भई भ्यानमा रहेका रुपैयाँ सडकमा छरिएको स्वयम् भ्यान चालकलाई नै थाहा थिएन । तर प्रहरीले भने धेरैजसो नोटहरु बटुल्न सफल भए ।
हिडिरहेको बेला एक्कासी करोडौंको वर्षा हुने हो भने हङ्गकङ्गमा मात्र नभई विश्वका हरेक ठाउँमा मानिसहरुको भीड त अवश्य नै हुन्छ । किनभने भनिन्छ, पैसा देखेर महादेवको पनि त्रिनेत्र खुल्छ भने मानव त त्यही महादेवले र्सिजना गरेको एक रचना न हो । कि कसो ?
एजेन्सीको सहयोगमा
For More videos Log on to Mazzako TV