हस्तमैथुन भनेको के हो ?
— यौन अंगहरुलाई हातले चलाएर वा घर्षण गरेर उत्तेजित पारी प्रचुर मात्रामा यौन आनन्दको अनुभव प्राप्त गर्ने कार्यलाई हस्तमैथुन भनिन्छ । केटा र केटी दुबै यस्तो कार्यमा संलग्न भएका हुन्छन् ।
हस्तमैथुन कसले र किन गर्छन् ?
— हस्तमैथुन जो कोहिले पनि जसलाई यौन इच्छा हुन्छ तिनीहरुले यौन चाहाना पुरा गर्नका लागि हस्तमैथुन गर्ने गर्दछन् ।   किशोरावस्थामा करिब १२ बर्षदेखि १४ बर्षको उमेरतिर शरीरमा क्रमशः देखापर्दै गएका परिवर्तनहरुले यौन इच्छाहरुको बिकास तथा यौन सन्तुष्टि प्राप्तिका तीब्र चाहनाको साथसाथै मानव शरीर सम्भोगका लागि योग्य हुन थाल्छ ।
— जहाँ सम्भोग सम्भव हुदैन, त्यहाँ आफ्नो यौन आवेगलाई शान्त पार्न हस्तमैथुनको सहारा लिने गरिन्छ । हस्तमैथुन प्रक्रिया बढ्दो उमेरको तनाबबाट छुटकारा प्राप्त गर्ने एक आनन्ददायक साधन हो ।
के हस्तमैथुन गर्दा कमजोरी हुने, तौल घट्ने, नपुंसक हुने हुन्छ ?
— सम्भोग हानिकारक नभएजस्तै हस्तमैथुन पनि हानिकारक छैन । हस्तमैथुन गर्नाले कमजोरी हुन्छ, तौल घट्छ, वीर्य पातलो हुन्छ, शिघ्र पतन हुन्छ वा नपुंसक हुन्छ भन्ने धारणा सत्य होइन ।
‘किशोरकिशोरी तथा युवाहरुको यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक सचेतनासम्बन्धी परामर्श निर्देशिका’ पुस्तक बाट लिइएको । 
प्रकाशन बर्षः २०६१ 
लेखकः
डा. केदार प्रसाद बराल
डा. शरद राज वन्त
श्री केदार बहादुर रायमाझी
डा. शम्भु कुमार उपाध्याय
For More videos Log on to Mazzako TV