संसारमा अध्याधिक रुचाईने खेल फुटबल । र यही खेलबाट नाम र दाम कमाउने हजारै खेलाडीहरुको सुचीमा अहिले सबैभन्दा अगाडी को को छन् त ? यहाँ केही खेलाडीको लिष्ट राखिएको छ, जो आफुसँग भएको सम्पत्तिको कारणले धनीको सुचीमा परेका हुन् । पहिलो दुई खेलाडी खेलेर कमाउनेको सूचीमा पनि यही स्थानमा छन् ।

क्रिष्टियानो रोनाल्डो

4
नाम र दाम कमाउने लिस्टको पहिलो नम्बरमा यतिबेला क्रिष्टियानो रोनाल्डो छन् । फोब्र्स र गोलडटकम दुवैले २०१४ मा फुटबल खेलेर पैसा कमाउनेको सुचीमा पहिलो नम्बरमा क्रिष्टियानो रोनाल्डोलाई राखेका छन् । उनी रियल मेड्रिडबाट फुटबल खेल्छन् । उनको कुल सम्पत्ति २३ करोड अमेरिकी डलर रहेको बताईएको छ । उनको बार्षिक कमाई ४ करोड ४० लाख डलर हो । उनले बार्षिक तलब १ करोड ५० लाख थाप्छन् भने विभिन्न प्रचार प्रसारबाट २ करोड बराबर आर्जन गर्छन् । उनले विभिन्न ब्रान्डहरुको इन्डोर्स पनि गरिरहेका छन् । २८ बर्षिया क्रिष्टियानो रोनाल्डोले नाइकी, क्यासट्रल, कोनामील लगायतका ब्रान्डहरुको इन्डोर्स गरेका छन् ।

लियोनल मेसी

2
२६ बर्षिय लियोनल मेसी फुटबलबाटै करोडपति बन्नेहरुको लिष्टमा  दोस्रोमा पर्छन् । उनको सम्पत्ति १८ करोड अमेरिकी डलर रहेको बताईएको छ । उनले १ बर्षमा ४ करोड १० लाख अमेरिकी डलर कमाउछन् । उनले २ करोड तलबको रुपमा थाप्छन भने बाँकी २ करोड उनलाई विभिन्न ब्रान्डहरुको इन्डोर्समेन्टबाट प्राप्त हुन्छ । उनले टर्किस एयरलाईन्स, नाइकी, इए स्पोर्टस् लगायतका ब्रान्डहरुसँग काम गरिरहेका छन् । उनी खेलभन्दा बढी विज्ञापनबाट कमाउछन् ।

वायन रुनी

5
इंग्ल्याण्डका २८ बर्षे बायन रुनी फुटबलबाट सम्पत्ति कमाउने तेस्रो धनी खेलाडी हुन । रुनीको सम्पत्ति ९ करोड ५० लाख डलर रहेको बताईएको छ । उनले रुक बर्षमा २ करोड १० लाख अमेरिकी डलर बराबरको आम्दानी गर्छन् । उनले तलब र बोनसबापत १ करोड ८१ लाख डलर र विज्ञापनबाट ३० लाख डलरको हाराहारीमा कमाउछन् । उनले नाइकी , ईउ स्पोर्टस लगायतका ब्रान्डहरुको इन्डोर्स गरेका छन् । उनलाई बार्षिक कमाईको आधारमा भने फोब्र्स म्यागेजिनले छैठौं नम्बर राखेको छ ।

ड्रोग्बा

1
आईभरी कोस्टका ड्रोग्बा पनि धनि खेलाडीको सुचीमा पर्छन । उनी ९ करोड अमेरिकी डलरका मालिक हुन् तर पनि उनी फोब्र्स म्यागेजिनको टप टेन खेलाडीको सुचीमा अटाएका छैनन् । यतिबेला टर्कीको गालाटासारे क्लबबाट फुटबले खेलिरहेका ड्रोग्बाको नाम हालसम्म पनि चेल्सीबाट खेलेर धेरै गोल गर्नेको चौथो नम्बरमा छ । आईभरी कोस्टको राष्ट्रिय टिमका कप्तान समेत रहेका ड्रोग्बा चेल्सीमा रहँदा खेलेका खेलको धेरै प्रशंसकहरुले अझै पनि सम्झना गर्छन् ।

स्यामुल इटो

6
धनी फुटबलरको ५औं स्थानमा रहेका खेलाडी हुन स्यामुल इटो । क्यामरुनका स्टार खेलाडी इटोको सम्पत्ति ७ करोड ५० लाख अमेरिकी डलर रहेको बताईएको छ । २०१३ मा उनको तलब ८० लाख युरो रहेको थियो । स्पेनी पासपोर्ट भएका यी खेलाडी पछिल्लो समय भने चेल्सीबाट खेलिईरहेका छन् । उनलाई रियल मेड्रिड, बार्सिलोना लगायत ५ क्लबबाट खेलेको अनुभव छ । उनका दुई भाईहरु पनि फुटबल खेलाडी नै हुन् ।

नेयमार

3
ब्राजिलियन स्टार २१ बर्षे नेमार धेरै कमाउनेको तेस्रो नम्बरमा छन् । उनी खेल र विज्ञापनबाट पैसा कमाउछन् । फोब्र्स म्यागेजिनका अनुसार उनको बार्षिक आय २० करोड अमेरिकी डलरभन्दा बढी छ । उनले तलबबाट १० करोड र विज्ञापनबाट पनि झण्डै १० करोड कमाउने गरेका छन् । उनले नाइकी र फक्सवागन जस्ता ब्रान्डहरुसँग काम गरेका छन् ।

स्रोत– एजेन्सीहरु

For More videos Log on to Mazzako TV