मज्जाको अनलाईन, असोज २ गते, शनिवार, २०७२, काठमाण्डौं ।

चलचित्र वितरक गोपाल कायस्थको भनाईलाई आधार मान्ने हो भने शुक्रबारबाट सार्वनिक प्रर्दशनमा आएको चलचित्र ‘वडा नम्बर ६’ ले शनिवार साँझ सम्म करोड क्लबमा प्रवेश गरिसकेको छ । राजधानीका २४ वटा पर्दाहरुबाट प्रर्दशनमा आएको ‘वडा नम्बर ६’ ले शनिवार ३१ वटा पर्दा पाएको छ ।

IMG_6092

चलचित्रले शुक्रबार मात्रै २७ लाख ३५ हजारको ग्रश कलेक्सन गरेको थियो । शनिवार झनै शुक्रबार भन्दा बढी मान्छेको फ्लो हलमा देखियो ।  साँझ सम्म मोटामोटी चलचित्रले एक करोडको ग्रश कलेक्सन गरेको वितरक कायस्थले जानकारी गराएका छन् ।

IMG_6082

त्यस्तै चलचित्र ‘वडा नम्बर ६’ ले गोपी कृष्ण मुभिजमा पनि नयाँ इतिहास रचेको छ । अहिलेसम्म कहिल्यै पनि गोपीकृष्ण मुभिजका दुई ठुला हलहरु ‘गोपी’ र ‘कृष्ण’मा एकैपटक एउटै नेपाली सिनेमा लागेको रेकर्ड छैन । तर प्रथम पटक यही चलचित्रबाट दुबै ठुला हलहरुमा हिन्दी फिल्मलाई हटाएर ‘वडा नम्बर ६’ प्रर्दशन गरिएको छ । खुशीको कुरा त के छ भने दुबै हलहरु हउसफुल छन् । नेपाली चलचित्र क्षेत्रका लागि यो निकै सकारात्क संकेत भएको गोपीकृष्ण भुभिजका प्रबन्धक प्रदिप दहाल बताउछन् । ‘यति धेरै मान्छे सिनेमा हेर्न एकैपटक आएको मैले अहिलेसम्म देखेको छैन्’,  उनले भने ‘जे होस् चलचित्रले हाम्रो हलमा नयाँ इतिहास कायम गर्यो ।’

IMG_6054

उज्जवल घिमिरे निर्देशित चलचित्र ‘वडा नम्बर ६’ मा हाँस्यकलाकारहरुको बाहुल्यता रहेको छ । दिपकराज गिरी , दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, नीर शाह, दयाहाङ्ग राई, राजाराम पौडेल, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायत कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रका कार्यकारी निर्माता निर्मल शर्मा ‘गैडा’ हुन् ।

IMG_6078

Watch Video Here:-

Loading...
For More videos Log on to Mazzako TV