फिल्म ‘रोमियो एण्ड मुना’ को ट्रेलर सार्वजनिक गरिएको छ । यहि साउन ११ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको ट्रलेर युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार बिनय श्रेष्ठ र सृष्टि श्रेष्ठ बिचको झगडा र प्रेमलाई मज्जाले प्रस्तुत गरिएको छ ।

नरेश कुमार केसी निर्देशित फिल्ममा मुनाको माया पाउँन रोमियोले आफ्नो कान काटेका समेत ट्रेलरमा देखाइएको छ ।

यसअघि केसीले फिल्म ‘डाइङ क्यान्डल’ निर्देशन गरेका थिए । उक्त फिल्मले निकै राम्रो प्रशंसा पाएको थियो । फिल्म ‘रोमियो एण्ड मुना’ मा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायतको अभिनय छ ।


साउन ११ गतेदेखि प्रदर्शनमाआउने फिल्म रोमियो एण्डमुनामाप्रशन्नमानगोपाली, रोजीश्रेष्ठ, रामशर्मा र कविनशाक्यमिलेर बनाएकाहुन् ।

निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् । विनय रेशम फिलिली र सृष्टि गाजलु पछि रोमियो एण्ड मुना मार्फत दर्शक माझ आउन लागेका हुन् ।

For More videos Log on to Mazzako TV