विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । फिल्मको राक्षसको सिम्बोल जनाउँने पोष्टर रिलिज गरिएको हो । यसअघि एउटा बक्सवाला पोष्टर समेत सार्वजनिक गरिएको थियो ।

‘आफु भित्रको दानवलाई चिन्नुहोस्’ भन्ने ट्यागलाइन् सहित फिल्मकोे पोष्टर सार्वजनिक गरिएको हो । निर्देशक नरेश कुमार केसीका अनुसार फिल्मलाई राक्षस पात्रलाई एक बिम्बको रुपमा प्रयोग गरिएको छ । भि मोसन पिक्चर्स, पिएमजी पिक्चर्स र केएस प्रोडक्सनको प्रस्तुती रहेको ‘रोमियो एण्ड मुना’ लाई विनय, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन् । चलचित्र साउन ११ गतेबाट रिलिज हुदैछ ।

For More videos Log on to Mazzako TV