‘छक्का पन्जा २’ गीत रिलिजका दिन को-को थिए विदेश ?
यो बर्षको प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’को लोकलयमा आधारित गीत सार्वजनिक गरियो । तर, रमाइलो कुरा के छ भने गीत सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकार विदेशमा थिए ।
अभिनेत्री प्रियंका कार्की अहिले अमेरिकामा छिन् । प्रियंका सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी हुन् । यस्तै, फिल्मकी मुख्य कलाकार बर्षा राउत अहिले अष्ट्रेलियामा छिन् । उनी, पनि कार्यक्रमको सिलसिलामा अष्ट्रेलिया पुगेकी हुन् ।
फिल्मका मुख्य कलाकार जीतु नेपाल अहिले बिदा मनाउन परिवारसहित थाइल्याण्डमा छन् । ३ मुख्य कलाकार नहुँदा गीत सार्वजनिक कार्यक्रम केही खल्लो देखिएको थियो । फिल्मका मुख्य कलाकार दीपकराज गिरी, स्वस्तिमा खड्का, किरण केसी, अभिनेत्री स्वस्तिमा खड्का मात्र कार्यक्रममा देखिएका थिए ।
For More videos Log on to Mazzako TV