फिल्म ‘बिजुली मेशिन’ कात्तिक २६ को प्रदर्शन मितिबाट पर सरेको छ । प्राविधिक कारण देखाउँदै निर्माण पक्षले यो फिल्मलाई मंसिर १७ गते प्रदर्शनमा ल्याउने निर्णय गरेको हो । ‘बिजुली मेशिन’ पर सरेपछि कात्तिक २६ मा अब ‘जात्रा’ र ‘जंगबहादुरको कोट’ बिच प्रतिस्पर्धा हुनेछ ।

bijuli-machine-lead-artistsjpg

नविन आवालको लेखन तथा निर्देशन रहेको फिल्म ‘बिजुली मेशिन’ आवाजबाट पनि बिजुली निस्कन सक्छ भन्ने परिकल्पनामा आधारित छ । जहाँ महानायक राजेश हमालको केमियो रहेको छ । महानायक हमालको केमियोसँगै फिल्ममा कलाकारहरु अभिषेक सुवेदी, जीवन अधिकारी, बुद्धि तामाङ ‘हैट’, आषिश लुँईंटेल, जीवन भट्टराई लगायत कलाकारहरुले अभिनय गरेका छन् । फिल्म निर्माण समुहमा रिसभ आचार्य, दिपेन बस्नेत, संजिव कुमार न्यौपाने र बिन्दु तिमल्सिना रहेका छन् । ट्रेलर हेर्नुस् :

For More videos Log on to Mazzako TV