काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध तथा विदेशमा रहेका नेपाली युवाको संघर्षलाई प्रस्तुत गरिएको छ ।

राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्रमा सोनाल लामा र कस्मता निरौलाको मुख्य भूमिका रहेको छ । ट्रेलरमा उनीहरूको प्रेम सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ । विदेश गएर आर्थिक अवस्था सुधार्ने सपना बोकेको युवाको जीवनमा आउने समस्या र सम्बन्धमा पर्ने प्रभावलाई पनि कथाको मुख्य विषय बनाइएको छ ।

चलचित्रको छायांकन नेपालसँगै बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डका विभिन्न स्थानमा गरिएको छ । ट्रेलरमा देखाइएका विदेशी तथा नेपाली लोकेसनले चलचित्रलाई आकर्षक बनाएको देखिन्छ ।

चलचित्रमा सोनाल र कस्मतासहित नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, ऋचा थापा, खिन्नबहादुर भण्डारी, जेपी पाण्डे, रामजी राउत, करुणा थापा, बिकुलाल बासु र सुकचन्द्र थापालगायत कलाकारको अभिनय रहेको छ ।

राजु अधिकारीको निर्देशन रहेको चलचित्रमा आरती अधिकारी आचार्यको कथा, मौनता श्रेष्ठको पटकथा, रवीन्द्र बरालको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ । अर्जुन पोखरेलले संगीत दिएका छन् भने कमल राई र रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

शरद अधिकारी प्रस्तुतकर्ता र बहादुर सिंह तामाङ निर्माता रहेको चलचित्रमा विदेशमा रहेका नेपालीको प्रेम, संघर्ष र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखिएको छ । चलचित्र असोज २ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा छ ।

For More videos Log on to Mazzako TV