काठमाडौँ । आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा मंगलबार आधिकारिक ट्रेलर रिलिज गरेको हो।
‘मुभिज डिजिटेनमेन्ट’युट्युब च्यानलमार्फत लिज भएको ट्रेलरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को कथा वरिपरी घुमेको छ। भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाको विवाह तथा सन्तानको खुशीमा,त्यसमाथी गाउँलेको हेपाइ प्रवृधिलाई देख्न सकिन्छ। ट्रेलरमा आफ्नो मात्रै नभई अरुका लागी लमी बनेको देखिन्छन्। साथै गाउँमा आएकी एक युवती(प्रियना आचार्य)को भारी बोकेर बोकी दिदा पैसा लिनै मान्दैनन्। पछि उसैसँग प्रेम विवाहपछि सन्तान बसेको ट्रेलरमा देखाइएको छ।


महिलाले जहाँ रोए पनिहुन्छ तर पुरुषले रुनका लागि एकान्त नै खोज्नुपर्ने कुरालाई समेत ट्रेलरमा उठाइएको छ। यसको वास्तविकता के हो र कसरी फिल्मलाई अगाडी बढाइएको छ। आगामी असोज २ गते थाहा हुने नै छ।
फिल्ममा जितु नेपालका साथै प्रियाना आचार्य, सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
डम्बर राईको कथामा बनेको यस फिल्मको पटकथा एवं संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्। साथै फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका छन्।


बाल कुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्। दिप्सन लिम्बु र संकेत अगस्थीको सङ्गीत रहेको फिल्मको यसअघि सार्वजनिक गीत ‘लग्यौ परान’ले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। सिबि भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रबी  केसीको शृङ्गार रहने यस फिल्मको पोष्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ। डिजिटल पार्टनर मुभिज डिजिटेनमेन्ट रहेको छ। फिल्मलाई कुबेर फिल्मस्ले वितरणको जिम्मा लिएको छ।

For More videos Log on to Mazzako TV