र्यापर यादव सरकारको कन्सर्टबाट उठेको पैसा सीधै बाढीपीडितलाई !
काठमाडौंको जडीबुटीस्थित ‘क्लब १८’ मा आगामी भदौ १७ गते अर्थात् सेप्टेम्बर २ मा ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ आयोजना हुने भएको छ।
कार्यक्रमको सबैभन्दा चासोको विषय भनेको कन्सर्टको डोर सेल्सबाट संकलित रकम बाढीपीडितको सहयोगमा खर्च गरिने घोषणा हो।
‘जनचेतना’ बोलको मैथिली र्यापबाट चर्चामा आएका र्यापर यादव सरकारको मुख्य प्रस्तुति रहने कार्यक्रममा गायक आश्रम थिङ र गायिका अनिशा तामाङले पनि प्रस्तुति दिनेछन्।
मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लब १८का सञ्चालक सुजन श्रेष्ठले बताएका छन्।

उनका अनुसार देशका विभिन्न स्थानमा बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले कन्सर्टबाट उठेको रकम राहत तथा सहयोगमा प्रयोग गरिनेछ।
कन्सर्ट राति ८ बजेदेखि सुरु हुनेछ। आयोजकले संगीतप्रेमीलाई कार्यक्रममा सहभागी हुँदै मनोरञ्जनसँगै बाढीपीडितको सहयोगमा आफ्नो योगदान जोड्न आग्रह गरेका छन्।
For More videos Log on to Mazzako TV







