कोमलनाथ निर्देशित ‘युग’को वर्कसप सुरु, भदौ दोस्रो सातादेखि छायांकन हुने

काठमाडौं । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने सिनेमा  ‘युग’ को वर्कसप यतिबेला सञ्चालन भइरहेको छ। वर्कसप सम्पन्न भएलगत्तै सिनेमाको छायांकन भदौको दोस्रो सातादेखि सुरु गरिने निर्देशक कोमलनाथ खतिवडा जानकारी दिए ।

‘युग’ को कथा, पटकथा तथा संवाद निर्देशक खतिवडाकै रहेको छ। सिनेमा सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेले लगानीमा बन्नेछ ।

सामाजिक विषयवस्तुमा आधारित यस सिनेमामा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापा, लगायत थुप्रै कलाकारहरूको अभिनय रहनेछ ।

 ‘युग’ मार्फत चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । साथै मोडल तथा मिस्टर हेन्डसम नेपाल २०१९ का विजेता अभिषेक खड्काले पनि यही सिनेमाबाट नेपाली सिनेक्षेत्रमा आफ्नो अभिनय यात्रा सुरु गर्दैछन् ।

निर्माण टिमका अनुसार वर्कसपमार्फत कलाकारहरूको तयारीलाई सकिएपछि सिनेमाको छायांकन तीव्र गतिमा अघि बढाइनेछ ।

For More videos Log on to Mazzako TV