एक्का तीन’मा देखियो पूजा र कविताको टकराव
भदौको तेस्रो साताबाट छायांकनमा जान लागेको फिल्म ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ । दुई मुख्य नायिका मात्र राखेर तयार पारिएको लुक्समा टकराव देखिन्छ ।
सार्वजनिक पोष्टरमा नायिका पूजा शर्मा र मोडल तथा नायिका कविता नेपालीलाई एङ्ग्री अवतारमा देख्न सकिन्छ । उनीहरुको टकराव पोष्टरमा स्पष्ट रुपमा प्रस्तुत गरिएको छ ।


जुना फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा नायक को रहने हुन् भन्ने विषयमा खुलाइएको छैन ।
रुपेश तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्ममा रामकृष्ण खरेल र अनुप गडालको लगानी रहनेछ ।
एक्सन जनरामा निर्माण हुन लागेको फिल्ममा यसपटक दुई नायिकाको लडाई देख्न पाइनेछ । पूजा र कविताको टकराव दर्शकका लागि विशेष प्रतिक्षामा रहने पक्का छ । 

For More videos Log on to Mazzako TV