भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ ले दर्शकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। चलचित्रको भदौ ३ गतेदेखि ९ गतेसम्म खल्ती एपमार्फत टिकट काट्ने दर्शकमध्ये एक भाग्यशालीले BGAUSS इलेक्ट्रिक स्कुटर जित्ने अवसर पाउनेछन्।

‘टिकट किन्नुहोस्, फिल्म हेर्नुहोस् अनि स्कुटर जित्ने अवसर नछुटाउनुहोस्!’ भन्दै निर्माण टिमले यो योजना अघि सारेको हो। निर्माण टिमका अनुसार भदौ ३ देखि ९ गतेसम्म खल्ती एपबाट चलचित्रको टिकट खरिद गर्ने दर्शकमध्ये एक जनाले भाग्यशाली विजेताका रूपमा स्कुटर घर लैजान पाउनेछन्।

चलचित्रको सार्वजनिक ट्रेलर, टिजर तथा ‘गुराँस फुल्दा’ गीतले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। प्रचारप्रसारमा व्यस्त ‘मास्टर्नी’को टिम दर्शकबाट प्राप्त प्रतिक्रियाले उत्साहित देखिएको छ। चलचित्रलाई केन्द्रिय जाँच पास समिति ‘ सेन्सर बोर्ड’ ले एडल्ट सर्टिफिकेट दिएको छ । अव यो चलचित्रलाई १६ बर्ष भन्दा माथीका दर्शकले मात्र हेर्न पाउनेछन्। 

आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा निर्माण गरिएको हो। चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका कलाकारको अभिनय रहेको छ।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन्।

चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ। युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको चलचित्रमा रोहित शाक्यको संगीत र त्रिशाला गुरुङको गायन रहेको छ।

चलचित्रको पोस्टर डिजाइन तथा पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) रहेको छ। नेपालमा चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

For More videos Log on to Mazzako TV