‘टिका’ तीज रिलिज घोषणा, प्रदर्शनमा श्रीराम बालाजीसँग सम्झौता
। भविष्य फिल्मस् प्रालीको ब्यानरमा निर्माण घोषणा गरिएको चलचित्र ‘टिका: स्टेटलेस सोल’को प्रदर्शन मिति तय गरिएको छ । नारीप्रधान भनिएको चलचित्रलाई निर्माण कम्पनिले नारीहरूको पर्व तीजको अबसरमा आगामी भदौ २६ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।सुनिल मानन्धर प्रमुख रहेको वितरण कम्पनि श्रीराम बालाजी फिल्मस्’सँगको प्रदर्शन तथा वितरण सम्झौतासँगै चलचित्रको आधिकारिक प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रको निर्माणमा भविष्य फिल्मस्’सँग थर्ड आइ आर्ट्स प्रालीले सहकार्य गरेको छ ।

अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा र वर्षा शिवाकोटीसँगै भेट्रान हाँस्य अभिनेता निर्मल शर्मा प्रमुख अभिनयमा रहने चलचित्र यहि वैशाख तेस्रो साता (आगामी हप्ता)बाट फ्लोरमा जाँदैछ । शंकर कार्कीको निर्देशनमा तयार हुने चलचित्रको यतिबेला वर्कसप सकिएसँगै स्कृप्टलाई अन्तिम रूप दिँदै लोकेशन लक गर्नेक्रममा निर्माण टिम छ ।
सुपरहिट चलचित्र ‘जेरी अन टप’ निर्मात्री भविष्य खड्का फिल्मको निर्माता हुन् । फिल्मको पटकथा विश्वास तिम्सिना ‘बिटी कान्छा’ले लेखेका छन् । गत वर्ष रिलिज चलचित्र ‘जेरी अन टप’पछि भविष्य र बिटी कान्छाको यो दोस्रो सहकार्य हो । यो चलचित्रमा संगीत कालिप्रसाद बाँस्कोटाको रहनेछ ।
नेपाली समाजमा महिलाले भोग्ने संघर्ष,आत्मसम्मान,अस्तित्व र आत्मनिर्भरताको कथा ‘टिका’ले बोल्ने निर्माण टिमको भनाइ छ । चलचित्रमा तेजविक्रम केसी कार्यकारी निर्माता छन् ।
For More videos Log on to Mazzako TV







