रामनवमीको अवसर पारेर आजबाट देशभरका हलमा फिल्म‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ। देशभरका १ सय भन्दा बढि शो सहित प्रदर्शनमा आएको हो। चैत १३ गतेबाट अर्थात शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क देखिएका छन्। फिल्मले दर्शकलाई सामाजिक कथामा कमेडी,पारिवारिक खटपट तथा सन्देश पनि दिने निर्माण पक्षले जनाएको छ। फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्। केहि दिनअघि चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाइसकेको यो फिल्मलाई सबै उमेरका दर्शकले फिल्म हेर्न पाउने छन्। त्यो भएर पनि निर्देशक भट्टराई फिल्मलाई लिएर उत्साहित छन्। नेपाली फिल्मका दर्शकको खडेरी परेको समयमा यो फिल्मले दर्शक हलमा तान्न सक्ने निर्माण पक्षको विश्वास छ। 

तीन दाजुभाईबीचको सम्बन्ध,उनीहरुबीचको मनमुटावका साथै फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको दर्शकले पाउने छन्। कमेडी तथा सामाजिक कथामा आधारित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल,अमृतमान महर्जन लगायतको अभिनय दर्शकले हेर्न पाउने छन्। 

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्। विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस फिल्ममा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्। 

साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद पछिल्लो समयका व्यस्त लेखक शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालको छायांकन,बनिश शाहको सम्पादन रहेको यस फिल्मका गीतमा संगीतमा साप शक्ति,बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई, इन्द्र देव महर्जनले गरेका छन् भने फिल्मको पाश्र्व संगीतमा सम्राट थापा,ध्वनी मिश्रणमा मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ। 

फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलले गरेका छन्। फिल्ममा द्वन्द्ध निर्देशन देव महर्जनले गरेका छन भने ग्राफिक्स एक्स समिर मिया,कला निर्देशक दिनेश लामा ‘गैंडा’,निर्माण नियन्त्रक सन्देश राई (भान्जा)को छ। यस फिल्मको पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको छ भने फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ। यो फिल्मलाई लिएर निर्माण पक्ष निकै उत्साहित रहेको छ। किनभने यस फिल्मको पोस्टर,टिजरदेखि ट्रेलरसम्मलाई दर्शकले रुचाएका छन्। अब फिल्मलाई पनि दर्शकले रुचाउनेमा निर्माण पक्ष ढुक्क देखिएको छ।

For More videos Log on to Mazzako TV