अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्माना जोशीले केहि बर्ष अगाडी नै आयंका फिल्म्स ब्यानरको स्थापना गरेका थिए।  यहि ब्यानरबाट दुवैले सिरिज, सर्ट मुभी निर्माण गरिसकेका छन्।  ‘जस्ट एनोदर लभ स्टोरी’ , ‘बसन्त’ लगायतका प्रोजेक्ट यो ब्यानरले दर्शकका लागी निर्माण गरिसकेका छन्।  यहि बीचमा सर्ट फिल्म  ‘टाख’ रिलिज भएको छ।  १४ मिनेट ४४ सेकेन्डको यो सर्ट फिल्मले यतिबेला दर्शकको मन जितिरहेको छ।  ४ लाख बढी दर्शकले हेरेको यो फिल्मको प्रतिक्रिया अब्बल रहेको छ।  मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की रहेकी छिन्।  

ग्रामिण परिवेशको भूमिकामा देखिएकी प्रियंकाको अभिनय दर्शकले रुचाएका छन्।  दर्शकले उनको मुक्त कण्ठले प्रसंसा गरिरहेका छन् भने समिक्षा पनि अब्बल मिलिरहेको छ।  पश्चिमेली ग्रामीण जनजीवन र त्यहाँको सामाजिक परिवेशलाई प्रस्तुत गरिएको चलचित्रमा विकट गाउँमा नदी पार गर्न प्रयोग गरिने जोखिमपूर्ण ‘तुइन’को यथार्थलाई देखाइएको छ।

आफ्नो अभिनयको विविधतालाई प्रियंकाले यो सर्ट मुभी मार्फत देखाएकी छिन्। सम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्रको कथा निर्देशक स्वयंले लेखेका हुन्।  चलचित्रमा प्रियंकाको साथमा रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी, रेणुनाथ योगीले अभिनय गरेका छन्। ‘टाख’लाई कार्की र आयुष्मान जोशीले लगानी गरेका छन्।  आयंका फिल्म्सको व्यानरमा चाडै चलचित्र निर्माणको तयारी रहेको छ। केहि बर्षबाट नै चलचित्र निर्माणको तयारी प्रियंका र आयुष्मानाले गरिरहेका छन्। 

For More videos Log on to Mazzako TV