नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइराला निर्देशीत `बिगुल´ को तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी,सामाजिक न्याय,पारिवारिक उल्झन,पुस्ताबीच बिचारको मतभेद,जिम्मेवारी तथा निमुखा जनतामाथि राजनैतिक नेतृत्वले गर्दै आएको खेलबाडको बिषय प्रस्तुत गरिएको छ ।

देश र जनतालाई पटक पटक धोका दिदै आएको राजनैतिक नेतृत्व र अन्यायको विरुद्ध आवाज उठाउने नयाँ पुस्ताको टकराव केन्द्रीत `बिगुल´ ले ठुलै हल्चल ल्याउने संकेत गरेको छ । देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा `बिगुल´ मा उठान गरिएको बिषयबस्तुले जनमानसमा सही नेतृत्व चयन गर्न मार्ग निर्देश गर्ने देखिन्छ ।ट्रेलरमा अभिनेत्री बेनीशा हमाल,अभिनेता नरेन खड्का,बिनोद न्यौपानेहरुले युवा पुस्ताको भावना सम्प्रेषित गरेको देखिन्छ ।

दिनेश कोइरालाको कथा र निर्माण,कल्पना पौडेलको प्रस्तुति अनि सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने,सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह,हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी,मानश्री शर्माका साथमा रविन्द्र खड्का विशेष भूमिकामा अभिनीत छन भने नवनायिकाका रुपमा मिरा पण्डितले डेब्यु गरेकी छिन ।माघ ९ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने फिल्म शिव ढकालले खिचेका हुन । तारा थापा `किम्भे´ ले सम्पादन गरेको फिल्मका गीतमा काग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ ।

फस्टलुक पोस्टर,टिजर र गीत सार्वजनिकसँगै चर्चामा रहेको `बिगुल´ ले मनोरञ्जनका साथै जनमानसमा समाज र देशप्रति आमनेपाली सचेत र सजक हुन प्रेरित गर्ने धारणा निर्देशक कोइरालाको छ । 

हेर्नुस ट्रेलर:-

For More videos Log on to Mazzako TV