किन यम शेर्पाले फेरि रोजे दयाहाङ–सिर्जना ?
माघ १ गते चलचित्र ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी चलचित्र ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन् ।संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्याए, जसले चलचित्र ‘कार्साङ्’ निर्देशन गरेका थिए । अथवा ‘कार्साङ्’कै निर्देशक यम शेर्पाले ‘मिरमिरे’ निर्देशन गरेका छन् ।

यमले नै तीनजना अथवा निर्देशक र मुख्य कलाकार (नायक/नायिका) फेरि एक ठाउँ भएर काम गर्ने मेसो मिलाएका हुन् । किन निर्देशक यमले आफ्नो दोस्रो चलचित्रमा पनि दयाहाङ र सिर्जनालाई नै लिए ? “एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ । पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि थाहा हुन्छ,” जवाफमा निर्देशक यम भन्छन् “दोस्रो कुरा दयाहाङ राई यसै भने सबैले रुचाएको सर्वप्रिय नायक हुनुहुन्छ । नायिकाको सन्दर्भमा पहिलो सिनेमामा सँगै काम गरेकाले सहज हुने कुराले दोहोर्याएको हो ।”

चलचित्रको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्र मागेकाले स्क्रिप्टमा बस्दादेखि नै आफ्नो दिमागमा दयाहाङ र सिर्जना रहेको उनले सुनाए । कथाको माग र पहिलो पनि सँगै काम गरेकाले सहजताको अपेक्षाले निर्देशक र मुख्य कलाकारबीचर त्रिकोणात्मक सहकार्य दोहोरिएको निर्देशम यम प्रष्ट पार्छन् ।
For More videos Log on to Mazzako TV







