चर्चित हाँस्य कलाकार प्रभात लामाले फिल्म ‘महादशा’ बाट डेब्यु गर्न लागेका छन् । निर्माता किरण नेपालीले निर्माण, तथा निर्देशनमा बन्न लागेको फिल्म ‘महादशा’बाट प्रभातले आफ्नो फिल्मी यात्रा सुरु गर्न लागेका हुन् । लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्मको प्रि टिजरमा कलाकार प्रमोद अग्रहरि, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ । यसअघि नै फिल्ममा पुजा शर्मा, उत्तम प्रधान, निरुता सिंह र रियर राई लगायतका कलाकारहरू फाइनल भैसकेका छन् ।

चर्चित ¥यापर हाकिम गुरुङ पनि यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्दैछन् । अभिनयमा पहिलोपटक प्रवेश गरेका प्रभात लामाभन्छन्, “अफर आएपछि फिल्म खेल्ने निर्णय गरेँ, तर अलिकति नर्भस पनि छु । सञ्चारकर्मी हुँदै कलाकारिता क्षेत्रमा समय बिताएको धेरै भयो, तर ठूलो पर्दाको मुख्य भूमिकामा काम गर्न लागेको यो पहिलो अनुभव हो, त्यसैले केही अनौठो महसुस भइरहेको छ,” भन्दै प्रभातले आफ्नो अनुभव सेयर गरेका छन् ।

फिल्ममा राजे के. शाह, श्याम मगर र अमला देवी राईको लगानी रहेको छ भने सुरज आचार्य कार्यकारी निर्माता हुन् । कथा तथा पटकथा मनिष गौतमले लेखेका हुन् । ‘महादशा’ले संस्कार, संस्कृति, आध्यात्मिकता, र ग्रह–नक्षत्र तथा कर्मको प्रभाव जस्ता विषयलाई उठान गर्दै समाजमा रहेका रहस्यमय घटनाक्रमहरूलाई प्रस्तुत गर्ने बताइएको छ । फिल्मले मनोरञ्जनसँगै सोच्न बाध्य पार्ने सन्देश पनि दिने जनाइएको छ ।

For More videos Log on to Mazzako TV