जेन्नी अन्दोलनका कारण पूर्वनिर्धारित मिति स्थगित भएपछि अभिमन्यूले फूलपातीमा रिलिज हुने घोषणा ग¥यो । तर क्यूएफएक्स चेनले उक्त मितिमा फिल्मलाई शो उपलब्ध नगराउँने भनेको छ । फूलपातीमा रिलिज गर्ने तयारीमा रहेको ‘अभिमन्यूः च्याप्टर–१’ लाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्स ले शो नदिने निर्णय गरेपछि नेपाली फिल्म क्षेत्रमा एकएक हलचल मच्चिएको छ ।

बुझिए अनुसार, क्यूएफएक्सले विदेशी ब्लकबस्टर ‘कान्तारा–२’ लाई प्राथमिकता दिँदै अभिमन्यूलाई शो नदिने बताएको निर्माता बिनोद पौडेल बताए । कान्तारा–२ को ३ घण्टा लामो रनटाइम र महँगो लागतका कारण ठूलो शो आवश्यक भएकाले, नेपाली फिल्मलाई बलिदान दिने रणनीति अपनाइएको बताइन्छ । क्यूएफएक्सको यस्तो भनाई आएपछि निर्माता विनोद पौडेल आक्रोशित बनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– “हाम्रो टिमलाई हेपिएको छ, ‘कमिङ सून’ मा नामसमेत नराख्ने कस्तो न्याय?” उनले अब चलचित्र संघ, वाणिज्य विभागदेखि काठमाडौंका मेयर बालेन साहसम्म गुहार्ने तयारी गरेको खुलाएका छन् । विदेशी फिल्मलाई खुला ढोका, आफ्नै देशको फिल्मलाई अवरोध गर्ने यस्तो रवैयाले निर्मातादेखि दर्शकसम्म आक्रोशित बनेका छन् ।

हाल १२ वटा फिल्मलाई स्लट उपलब्ध गराएको क्यूएफएक्सले आफ्ना साझेदारको स्वामित्व रहेको एप्पल इन्टरटेन्मेन्टले कान्तारा–२ प्रदर्शन गर्ने भएपछि यस प्रकारको नीति अपनाएको बुझिन्छ । कान्तारा–२ को ३ घण्टा रनटाइम र महँगो लागतका कारण पर्याप्त शो आवश्यक छ, जसको दबाब वितरक कम्पनी मार्फत अभिमन्यूमा परेको छ ।

अहिलेसम्म क्यूएफएक्सले आफ्नो साइटमा अभिमन्यूको “कमिङ सून” पोस्टर राखेको छैन, जबकि सोही मितिमा आउने अन्य फिल्महरूको पोस्टर राखिएको छ ।

For More videos Log on to Mazzako TV