सत्य घटनामा आधारित नेपाली चलचित्र ‘सुस्केरा’ को छायांकन सम्पन्न भइसकेको छ र हाल त्यसको पोस्ट-प्रोडक्सन काम तीव्र रूपमा अघि बढिरहेको छ। निर्देशक शंकर अधिकारी ‘घायल’ बताउँछन् कि यो फिल्मले एक सडक बालकको जीवनमार्फत समाजका पीडित पक्षलाई उजागर गर्नेछ।

फिल्ममा बालकलाकार शुभम अधिकारी, हार्दिक पौडेल र नायरा प्रसाईं मुख्य भूमिका निर्वाह गर्दैछन्। यस्तै, शर्मिला शर्मा, दिनेश कोइराला, डा. ओमकृष्ण प्रसाईं, उषा किरण अधिकारी, मनिषा श्रेष्ठ, सन्जित श्रेष्ठ, कल्पना भुजेल, उमेश मगर लगायत थुप्रै कलाकारहरू पनि अभिनयमा छन्।

निर्मातामा डा. ओमकृष्ण प्रसाईं, मोहन गमाल र मनोज अधिकारी रहेका छन्। छायांकन कुमार मानन्धरले गरेका छन् भने शृङ्गारको काम मदन न्यौपाने, र नृत्य निर्देशन सुरेश पाण्डेको जिम्मामा छ। कम्पनी कर्मविर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा ममता रायमाझी द्वारा प्रस्तुत यो फिल्म मंसिर महिनामा प्रदर्शनका लागि तयार हुने अपेक्षा गरिएको छ।

गीतमा डा. ओमकृष्ण प्रसाईं र शंकर अधिकारी ‘घायल’ ले शब्द लेखेका छन् भने संगीत पनि ‘घायल’ कृष्णको रहेको छ। गीतमा स्वर नित्याशिवा र कृष्ण भट्टराईले दिएका छन्।

For More videos Log on to Mazzako TV