चलचित्र ‘सुस्केरा’ लाई आधिकारिक निर्माण इजाजत
नेपाली चलचित्र उद्योगमा अर्को नयाँ सिर्जना थपिने भएको छ। डा. ओमकृष्ण प्रसाईंको ब्यानर कर्मविर मल्टिपर्पोज इनभेष्टमेन्ट प्रा.लि. अन्तर्गत निर्माण हुन लागेको चलचित्र ‘सुस्केरा’ ले चलचित्र विकास बोर्डबाट आधिकारिक निर्माण इजाजत पाएको हो।

चलचित्रमा ममता रायमाझी मुख्य भूमिकामा देखिनेछिन् भने शर्मिला शर्मा, दिनेश कोइराला, नेहा देव, डा. ओमकृष्ण प्रसाईं, बाल कलाकार शुभम अधिकारी, हार्दिक पौडेल र नायरा प्रसाईंको पनि अभिनय रहनेछ।
गीत लेखन तथा निर्देशन शंकर अधिकारी ‘घायल’ स्वयंले गर्नेछन् भने संगीत र स्वर नित्याशिवको रहनेछ। कुमार मानन्धरले छायांकन गर्ने, राजन महर्जनले कोरियोग्राफी, मदन न्यौपानेले मेकअप र राजेश कुमारले सम्पादन गर्ने जिम्मेवारी पाएका छन्।
निर्माण पक्षले जानकारी अनुसार, चलचित्रको छायांकन भदौको दोस्रो सातादेखि काठमाडौं उपत्यका र वरपरका स्थानहरूमा सुरु हुने छ।
For More videos Log on to Mazzako TV







