यो वर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसि’ सार्वजनिक भएको छ। प्रकाश सपुत र समिक्षा अधिकारीको स्वरमा आएको यस गीतमा सपुतकै शब्द–संगीत रहेको छ भने मिक्सिङ्ग/मास्टरिङ्ग श्याम स्वेत रसाईलीले गरेका छन्। मौसम हिमालीको कोरियोग्राफीमा तयार गीतमा प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर भएका छन्, जहाँ रोमान्टिक शैलीमा उनीहरूको प्रेमकथा प्रस्तुत गरिएको छ। पवन सुस्लिङ्गले खिचेको भिडियोमा सपुतले आफ्नो मौलिकपन झल्काएका छन्।

दिपेन्द्र के. खनाल निर्देशित यस चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ। दशैँको फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने चलचित्रलाई एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रमा कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन र वसन्त सापकोटा, दिपक शर्मा तथा प्रकाश सपुतको संगीत रहेको छ।

For More videos Log on to Mazzako TV