चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’ले रिलिज भएको दुई दिनमै १० लाख भ्युज पाएको छ। शुक्रबार सार्वजनिक भएको यो भोजपुरी लवजमा तयार गरिएको डान्सिङ गीतलाई दर्शकले खुलेर मन पराइरहेका छन्। माजाले नाच्न मिल्ने भएकाले यो गीत मेला, महोत्सव तथा उत्सवमा युवायुवतीबीच हिट हुने निश्चित देखिएको छ। नेपाली शब्दमै भए पनि भोजपुरी स्वाद दिएको यो गीत विशेषगरी तराई क्षेत्रमा अझै लोकप्रिय हुने अपेक्षा गरिएको छ। गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको रहेको छ भने संगीत संयोजन विषम आचार्यले गरेका छन्। आइटम डान्समा जुना सुन्दासको प्रस्तुति देख्न सकिन्छ भने कोरियोग्राफी रोहन विश्वकर्माले गरेका हुन्।

भदौ २७ गते रिलिज हुन लागेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ असोज ६ (सेप्टेम्बर २२) मा हिन्दी भर्सनसहित वल्र्डवाइड रिलिज हुनेछ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कन खोज्ने पात्रको संघर्षको कथा यसले भन्ने निर्माण पक्षले जनाएको छ। सुशान्त गौतमको निर्देशनमा बनेको यो फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला प्रमुख भूमिकामा छन्। सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने क्रिएटिभ निर्देशक मदन थापा रहेका छन्।

For More videos Log on to Mazzako TV