प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री भएको छ। अष्ट्रेलियामा रहेका नेपाली उद्यमी राम कार्कीले उक्त राइट्स किनेका हुन्। कार्की शिक्षा र माइग्रेशन सेवासँग सम्बन्धित व्यवसायिक क्षेत्रमा सक्रिय रहेका छन् भने अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म र विभिन्न हस्पिटालिटी व्यवसाय सञ्चालन गर्दै आएका छन्।

कार्कीका अनुसार चलचित्र नेपालसँगै अष्ट्रेलियाका प्रमुख शहरहरूमा रिलिज गरिनेछ। उनले भने, “यो चलचित्र अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ।” चलचित्र नेपाली कला, संगीत र चलचित्र क्षेत्रमा विशेष रुचि राख्ने समुदायबीच आकर्षणको केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ।

चलचित्रमा ९ वर्षपछि पुनरागमन गरेका गणेश उप्रेती मुख्य भूमिकामा छन्। यससँगै निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा बालेन शाहको र्याप पनि रहने चर्चा भएको छ, जसले यसलाई दर्शकमाझ अझ प्रतिक्षित बनाएको छ।

For More videos Log on to Mazzako TV