माइकल इन्टरटेनमेन्ट हाउसको व्यानरमा निर्माण हुने फिल्म ‘राम नाम सत्य’को आज ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभमुहुर्त सम्पन्न गरिएको छ। केही दिनमै काठमाडौंमा छायांकन सुरु हुने यस फिल्मको केही दृश्य चितवनमा समेत खिचिनेछन्। माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्मलाई नयाँ वर्षको छेको पारेर चैत्र २७ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ। शुभमुहुर्तसँगै नायक विराज भट्टको एङ्ग्री अवतारमा रहेको पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा उनको एक्सन छवि स्पष्ट देखिन्छ।

फिल्ममा विराज भट्टसँगै सुशिल श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी र आयुष सिंह ठकुरी मुख्य भूमिकामा छन्। उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार हुन लागेको यस फिल्ममा किशोर भट्ट र डा. डी आर उपाध्याय कार्यकारी निर्माता रहेका छन्। माइकल चन्दकै कथा तथा पटकथामा बनेको फिल्ममा संजय लामाको डीओपी, श्री श्रेष्ठको एक्सन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत, विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ। क्रियटिभ निर्देशकमा निरज ठकुरी, कास्टिङ डिरेक्टरमा नविन जंग शाही, कलरमा राजेन्द्र मोक्तान, पोस्टर फोटोमा विवेक बस्याल र डिजाइनमा विजय बस्याल रहेका छन्। मोती कार्की क्रियटिभ निर्माता, लाइन प्रोड्युसरमा राजेन्द्र आचार्य, स्क्रिप्ट कन्सल्ट्यान्टमा अभिमन्यू निरवी र समय थापा, प्रोडक्सन डिजाइनरमा विदुसी थापा, प्रोडक्सन म्यानेजरमा तेज विक्रम केसी र मेकअपमा संझना राई रहेका छन्।

शुभमुहुर्तमा निर्देशक माइकल चन्दले ‘राम नाम सत्य’ आफ्नो सपनाको फिल्म भएको बताउँदै भावुक ढंगमा प्रतिक्रिया दिए। नायक विराज भट्टले ‘१२ गाउँ’पछि आफूले यो फिल्म रोजेको कारण यसको पावरफूल कथावस्तु भएको बताए भने सुशिल श्रेष्ठले पनि उत्कृष्ट कथा भएको सुनाउँदै दर्शकको साथको अपेक्षा व्यक्त गरे।

For More videos Log on to Mazzako TV