माग्ने बुढाको मुख्य भुमिका रहेको फिल्म माग्ने राजाको ट्रेलरले राम्रो प्रतिक्रिया बटुलिरहेको । माग्ने बुढालाइ एक गाउँले युवाको धनी बन्ने सपनालाई रमाइलो र व्यंग्यात्मक तरिकाले प्रस्तुत गरेका छन् । वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल र शारदा गिरी लगायतका कलाकारको अभिनयले पनि ट्रेलरमा प्रशंसा पाएको छ ।

फिल्मले सामाजिक, आर्थिक र राजनीतिक विषयहरूलाई बडो मज्जाले चित्रण गरेको छ र बिना मेहनत पैसा कमाउने सोचलाई प्रश्न गरेको छ । केदारको पहिलो मुख्य भूमिका रहेको यस फिल्मले दर्शकहरूबीच ठूलो उत्साह पैदा गरेको छ । ट्रेलरले १२ लाखभन्दा बढी दर्शक मन जितिसकेको छ र प्रतिक्रियाहरू पनि सकारात्मक रहेका छन् ।

आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्म भदौ ६ गते रिलिज हुँदैछ । निर्माता मुनाल घिमिरे, जो दाङको वडा अध्यक्ष पनि हुन्, ले फिल्म निर्माणमा सक्रिय भूमिका खेलेका छन् । नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा र संवाद तथा दीपक शर्मा र बाबुल गिरीको संगीतले फिल्मलाई थप सशक्त बनाएको छ । ‘माग्ने राजा’ले नेपाली फिल्म क्षेत्रमा नयाँ उमंग थप्ने विश्वास गरिएको छ ।

For More videos Log on to Mazzako TV