चुम्बन जंग शाहीको निर्माणमा बनेको नेपाली फिल्म ‘मोहर’ले देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा उत्साहजनक बुकिङ पाएको छ। इलाइट सिनेमा, इटहरीमा ४ शोदेखि लिएर सीडीसी सिनेमाज, सुनधारामा ४ शो र राजधानीका दर्जनौं हलहरूमा शो निर्धारण भइसकेको छ। क्यूएफएक्स, वान सिनेमाज्, आइएनआई, एफक्यूब, बीएसआर मुभिज लगायतका ठूला हलहरूले मंगलबारदेखि नै बुकिङ खुलाएका थिए भने आजबाट थप मल्टिप्लेक्सहरूले पनि शो थप गरिरहेका छन्। अझै धेरै हलले शोज खुलाउन बाँकी रहेको हुँदा फिल्मले अझ उत्कृष्ट स्थानहरू ओगट्ने सम्भावना देखिएको छ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी र सारा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। सामाजिक कुरीति देउकी प्रथाको कथामा आधारित ‘मोहर’ले ट्रेलर र गीतमार्फत दर्शकको मन जितिसकेको छ। यिनै कुराले गर्दा फिल्मप्रति दर्शकमाझ उत्साह बढिरहेको छ र बक्स अफिसमा फिल्मले दमदार ओपनिङ गर्ने अपेक्षा गरिएको छ।

For More videos Log on to Mazzako TV