प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वरमा तयार भएको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को ‘माली’ बोलको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । दाजु–बहिनीबीचको भावनात्मक सम्बन्ध र माया झल्काउने गीतलाई रक्षाबन्धनको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतमा एक जिम्मेवार दाजुले मालीझैँ भएर बहिनीको रेखदेख गर्दै आउने संवेदना प्रस्तुत गरिएको छ ।

गीतसँगै निर्माणपक्षले भिडियो प्रतिस्पर्धाको घोषणा पनि गरेको छ । दाजुभाइ र दिदीबहिनीले राखी बाँधेको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गर्नेहरूबीच उत्कृष्ट तीन भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिनेछ ।

भदौ २७ गते नेपाली संस्करण र असोज ६ गते हिन्दी भर्सन वर्ल्डवाइड रिलिज हुने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, शिशिर वाङ्देललगायतको मुख्य भूमिका छ । थापाको निर्देशनमा बनेको यो डेब्यु फिल्म हो भने निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

For More videos Log on to Mazzako TV