आउँदो साउनको २३  गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र मोहरको नयाँ गीत सपना हो कि विपना हो कि जिन्दगी सार्वजनिक भएको छ । थानेश्वर गौतम र शान्ति श्री परियारको स्वर रहेको यस गीतमा प्रभा बर्तौलाको शब्द र थानेश्वरकै संगीत रहेको छ । गीतले चलचित्रका मुख्य पात्र पल शाह, नीति शाह र बेनिशा हमालको भित्री पीडा र भावनालाई गहिरो ढंगले प्रस्तुत गरेको छ । कर्णप्रिय धुन, भावनात्मक शब्द र दृश्यको संयोजनले दर्शकको मन छोएको प्रतिक्रिया सार्वजनिक भएको केही समयमै देखिएको छ ।

फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् भने निर्देशन र लेखन ओम प्रतिकले गरेका हुन् । चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा र अर्जुन आचार्य लगायतको अभिनय रहेको छ । बाल कलाकार सारा शर्माले अभिनय गरेको यस गीतले वियोग, सम्झना र आशालाई कथा बनाएको देखिन्छ ।

गीतसँगै सार्वजनिक ट्रेलर र अन्य दुई गीतले पनि दर्शकको ध्यान तान्न सफल भएका छन् । चलचित्रमा दीपेन बस्न्यातको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत रहेको छ । कोरियोग्राफी रामजी लामिछाने र कविराज गहतराजले गरेका छन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ । मोहरमा प्रस्तुत गरिएको यो वियोगान्त गीतले चलचित्रप्रतिको दर्शकको आशा अझ बलियो बनाएको देखिन्छ

For More videos Log on to Mazzako TV