चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा बनेको यस चलचित्रमा हिमाली भेगका चौर, बुकी फूल र महिलाको भलिबल खेल समेटिएको दृश्य प्रस्तुत गरिएको छ । पोष्टरमा झपक्क फूलेको बुकी फूल देखिन्छ भने चौरमा सात महिला र एक पुरुष भलिबल खेलिरहेका छन् । लेकाली पृष्ठभूमिमा आधारित यस फिल्मले खेलकुद र प्रकृतिबीचको सम्बन्ध दर्शाउने निर्माण पक्षले जनाएको छ ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय रहेको छ । कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् भने निर्माण टिममा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत छन् । चलचित्रको छायाकंन काठमाडौं, पोखरा र बागलुङको ढोरपाटनमा गरिएको हो । सिनेमा २०२६ सालभित्र प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ ।

For More videos Log on to Mazzako TV