‘झिँगेदाउ २’ को गीत रेकर्डिङ सम्पन्न
निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन तथा निर्माणमा बन्ने बहुप्रतिक्षित फिल्म ‘झिँगेदाउ २’को पहिलो गीत ‘आजलाई नाइ नभन’ को रेकर्डिङ सम्पन्न भएको छ। पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार र गायक बसन्त थापाले स्वर दिएको उक्त गीतमा शब्द, संगीत र एरेञ्ज सबै संगीतकार अर्जुन पोखरेलकै रहेको छ। गायक थापाले ‘छ माया छपक्कै’पछि दोस्रो पटक नेपाली सिनेमाको गीतमा स्वर दिएका हुन् भने अर्जुन पोखरेलसँग यो उनको पहिलो सहकार्य हो।

यसअघि झिँगेदाउको लोकप्रिय गीत ‘आगो बिना बिँडी जल्दैन’मा परियार, निर्देशक देउजा र संगीतकार पोखरेलबीचको सहकार्य निकै सफल भएको थियो। त्यसैलाई दोहोर्याउँदै निर्देशक देउजाले परियारलाई ‘लक्की चार्म’का रूपमा ‘झिँगेदाउ २’ मा पनि लिएर सहकार्य गरेका हुन्। निर्माण टिमले अबको १० दिनभित्र सम्पूर्ण प्रि-प्रोडक्सन कार्य सकिने र दशैं-तिहारपछि छायांकन सुरु हुने जानकारी दिएको छ।
‘झिँगेदाउ २’ पहिलो भागको अन्त्यबाटै अघि बढ्ने पूर्ण सिक्वेल हुनेछ। केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्टसहित पहिलो भागका अधिकांश कलाकारहरू दोहोरिने छन् भने एक अभिनेता र एक अभिनेत्री नयाँ अनुहारको रूपमा प्रवेश गर्नेछन्। कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा शुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माताको रूपमा रहनेछन्। ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको फिल्ममा बिष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेलको संगीत र मित्र डि. गुरुङको सम्पादन रहनेछ।
For More videos Log on to Mazzako TV







