‘राम नाम सत्य’बाट आयुष सिंह ठकुरीको फिल्मी डेब्यु
टिकटकबाट उदाएका कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरी अब ठूलो पर्दामा प्रवेश गर्ने भएका छन्। निर्देशक माइकल चन्दको निर्देशनमा बन्ने फिल्म ‘राम नाम सत्य’बाट उनी फिल्म क्षेत्रमा डेब्यु गर्दै छन्। निर्माणपक्ष र आयुषबीच आज कागजी सम्झौता भएको हो। फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने, “मलाई थुप्रै फिल्मको अफर आइरहेको थियो, तर ‘राम नाम सत्य’को कथा र भूमिकाले मन छोयो। यति पावरफूल स्टोरी भएकाले यहीबाट डेब्यु गर्ने निर्णय लिएको हुँ।”

फिल्म साइन गरेसँगै आयुषले अभिनय र एक्सनको प्रशिक्षण पनि सुरु गरिसकेका छन्। निर्देशक माइकल चन्दका अनुसार, “हामीसँग सहमति भएपछि उनलाई एक्सन तालिम दिइरहेका छौं र अभिनय कोर्स पनि सुरु हुँदैछ।” निर्माण टिमका अनुसार साउन २९ गते शुभ साइतमा छायांकन थालिने तयारी भइरहेको छ। फिल्मलाई एक्सन, सस्पेन्स र प्रेम कथाको मिश्रणमा तयार पारिनेछ।
‘राम नाम सत्य’मा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारको दमदार उपस्थिति रहनेछ। फिल्मका निर्मातामा उपेन्द्र शाही र स्वेता विमली रहेका छन् भने किशोर भट्ट र डा. डीआर उपाध्याय सह-निर्माताको रूपमा जोडिएका छन्। संजय लामा डीओपी रहने फिल्मको छायांकन काठमाडौं र चितवन लगायत स्थानमा गरिनेछ। तेज विक्रम केसी हेड अफ प्रोडक्सन र नविन जंग शाह प्रोडक्सन कन्ट्रोलर रहेका फिल्मलाई माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण गरिँदैछ। संगीत पक्षमा अर्जुन पोखरेल र बाबुल गिरीले काम गर्दैछन्।
Ask ChatGPT
For More videos Log on to Mazzako TV







