साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक गरिएको छ। अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यो झलकले फिल्मको मनोवैज्ञानिक डर, रहस्य र तनावलाई प्रभावशाली ढंगले प्रस्तुत गर्छ। टिजरमा बुवाको मृत्युको सपना देखेकी छोरी र डराइरहेकी छोरीलाई ढाडस दिइरहेका बुवाको संवादबाट सुरु हुने दृश्य क्रमशः गहिरो डर, असहजता र रहस्यतर्फ बढ्दै जान्छ। बेनिशा हमाल, अपर्ण थापा र सृष्टि श्रेष्ठ तनावपूर्ण अवस्थाका पात्रको रूपमा देखिन्छन्, जहाँ सृष्टिका हातमा रगताम्य बन्चरो दर्शकलाई झस्क्याउने तत्व हो।

बलिराम चौहानको निर्देशनमा तयार भएको यो चलचित्र स्काइफल पिक्चर्सको प्रस्तुति हो। बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायत कलाकारको अभिनय रहने चलचित्रमा बाल कलाकार ग्रिसमा कटुवाल र सहारा शर्मा पनि छन्। निर्देशक चौहानले ‘द ब्ल्यू लाइट’मार्फत निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको कथावस्तु पूर्णरूपमा खुलाइएको छैन भने कथासँग सम्बन्धित रहस्यहरू क्रमशः सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ। चलचित्र मंसिर १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Ask ChatGPT

For More videos Log on to Mazzako TV