चलचित्र अभिमन्यु च्याप्टर १ को मोसन टिजर सार्वजनिक भएको छ । टिजरमा जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै सिक्का टस गर्दै गरेको देखाइएको छ । टस गरिएको सिक्का पजलको चक्रको केन्द्रमा पुगेपछि चक्कु, पहेँलो बस्त्र लगाएका मानिस, आगो र व्यागबाट उडिरहेका नोटहरु देखिन्छन् । मोसन टिजरले पैसाका लागि हुने संघर्षलाई देखाएको छ ।

यो चलचित्र भदौ २७ गते रिलिज हुने तय भएको छ भने हिन्दी भर्सन सेप्टेम्बर २२ मा वल्र्डवाइड रिलिज हुनेछ । चलचित्रले पैसाको प्रलोभनमा फसेर चक्रव्यूहमा परेको मानिसको संघर्षको कथा प्रस्तुत गर्नेछ । निर्माता विनोद पौडेलले हिन्दी भर्सन पनि विश्वभर रिलिज हुने जानकारी दिएका छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका हुन् जुन उनको डेब्यु निर्देशन हो । मुख्य कलाकारमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला रहेका छन् । लेखन मुकेश खनालको रहेको छ भने क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

For More videos Log on to Mazzako TV