उदीयमान अभिनेत्री सिम्रन पन्त निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा अनुबन्धित भएकी छन्। निर्माण टिमले सोमबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो। यस चलचित्रमा उनी लोकप्रिय अभिनेता पल शाहसँग स्क्रिन सेयर गर्दै मुख्य जोडीका रूपमा देखिनेछिन्। यसअघि फिल्म ‘होस्टेल ३’ मार्फत डेब्यू गरेकी सिमरनको अभिनयलाई दर्शक तथा समीक्षकले सकारात्मक प्रतिक्रिया दिएका थिए, र अब दोस्रो फिल्मको रूपमा उनले ‘आ बाट आमा’ रोजेकी हुन्।

फिल्ममा सिमरनसँगै अभिनेत्री विपना थापा, हिन्दी–तेलुगु र तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतका कलाकार पनि रहेका छन्। प्रदीप रावत यसअघि चन्द्र पन्तकै फिल्म ‘ह्रस्वदीर्घ’ मा अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिकामा देखिएका थिए भने नयाँ फिल्ममा पल शाहका बुबाको भूमिका निभाउने छन्। ‘माई’ र ‘ह्रस्वदीर्घ’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका निर्देशक पन्तको यो तेस्रो फिल्म हो। आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन आगामी भदौदेखि सुरु हुने र फागुन १५ गते प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले जनाएको छ।

For More videos Log on to Mazzako TV