भदौ ६ गते रिलिज हुने नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजरले युट्युबमा सार्वजनिक भएको छोटो समयमै १२ लाखभन्दा बढी दर्शकको ध्यान तान्दै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सामाजिक विषयवस्तुमा आधारित टिजर हेरेका दर्शकहरूले कथा, प्रस्तुति र कलाकारको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

विजय बराल, केकी अधिकारी र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्ममा कोरियामा काम गर्न जाने युवाको वास्तविक कथा उठान गरिएको छ। दर्शकहरूले विजय बरालको अभिनयलाई विशेष तारिफ गर्दै, “यस्तै सामाजिक कथावस्तुका फिल्म चल्छन्,” भन्ने प्रतिक्रिया दिएका छन्। निर्देशक हिमाल न्यौपानेले दर्शकको उत्साहप्रति धन्यवाद दिँदै, फिल्मले पनि त्यस्तै प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

पेपरक्लिप ब्यानरमा बनेको यस फिल्ममा कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। चलचित्रमा संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको रहेको छ। ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउने यो चलचित्रप्रति निर्माण टिम उत्साहित छ भने वितरणको जिम्मा काफिया फिल्म्सले लिएको छ।

Ask ChatGPT

For More videos Log on to Mazzako TV