कमेडी शैलीको नयाँ नेपाली चलचित्र ‘गोबर गणेश’को निर्माण घोषणा गरिएको छ। चलचित्रको निर्देशन मरिचमान श्रेष्ठले गर्नेछन्।

चलचित्र आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने तय गरिएको छ। अहिले कलाकार र कथावस्तुबारे धेरै जानकारी दिइएको छैन। निर्माता पक्षले केही समयपछि विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ।

चलचित्रमा वर्षा सिवाकोटी, पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीता देवी तिमल्सिना र पुजन घिमिरे लगायतको अभिनय रहनेछ। चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

For More videos Log on to Mazzako TV