‘सिटामोल’को टिजर सार्वजनिक
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा सिटामोल को टिजर सार्वजनिक गरिएको छ। राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरले दर्शकमा गहिरो प्रभाव पारेको छ।

टिजरमा सौगात मल्ल र बेनिशा हमालको बाल्यकालदेखि विवाहपछिको जीवनयात्रा, संघर्ष र भावनात्मक उतारचढाव देखाइएको छ। सिनेमामा उनीहरूसँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, तथा अन्य कलाकारहरूको अभिनय रहेको छ।
राज बहादुर सानेको निर्देशनमा बनेको फिल्मको कथा उनले प्रदीप भण्डारीसँग मिलेर लेखेका हुन्। तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमामा बाबुल गिरी, कविराज गहतराज, र दिव्य सुवेदीलगायतको टोलीको प्राविधिक योगदान रहेको छ।