चलचित्र ‘मिरमिरे’ को वर्कसप आइतबारबाट सुरु भएको छ। निर्देशक यम शेर्पाको निर्देशनमा बन्न लागेको यस चलचित्रमा दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा छन्। वर्कसपमा मुख्य कलाकारहरू सहभागी भइसकेका छन् भने आगामी शुक्रवारदेखि औपचारिक रूपमा छायांकन सुरु हुने बताइएको छ।

कान्तिपुर फिल्म एकेडेमीमा भइरहेको वर्कसपबारे निर्देशक शेर्पाले, “कथा र क्यारेक्टरबीचको आत्मीयता र छायांकन सहज बनाउन वर्कसप सुरु गरेका हौँ,” भने। चलचित्रको अधिकांश छायांकन काभ्रेमा हुनेछ। प्रकाश र दयाहाङ यस चलचित्रमार्फत पहिलोपटक स्क्रिनमा सँगै देखिँदै छन् भने यम र दयाहाङको यो दोस्रो सहकार्य हो।

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ मा सिर्जना निङलेखु र माओत्से गुरुङ पनि प्रमुख भूमिकामा छन्। फिल्मको कथा स्वयं यम शेर्पाले लेखेका हुन्। चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन् भने सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका रोहित कट्टेल रहेका छन्।

फिल्म २०८२ सालमा रिलिज हुने तयारीमा रहेको छ भने यसको वितरण आरआर फिल्म्सले गर्नेछ।

For More videos Log on to Mazzako TV