प्राइड मन्थ २०२५ को अवसरमा राजधानीमा ‘निलम्स अवार्ड २०२५’ भव्य रूपमा सम्पन्न भएको छ।
निलम पौडेलको एकल पहलमा आयोजना गरिएको सो कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा योगदान पुर्‍याउने सातजना व्यक्तित्वलाई सम्मान गरियो।

समारोहमा सम्मानित हुनेमा गायक नट्टू शाह, पिरु राणा, कोरियोग्राफर तेञ्जु योञ्जन, समाजसेवी तथा डान्सर डल्ली ममी, मेकअप आर्टिष्ट उमिशा श्रेष्ठ, लोक गायक श्याम राना, र मेकअप आर्टिष्ट अनिष तामाङ रहेका छन्।

त्यसैगरी, युथ अचिभमेन्ट अवार्डबाट अनु शाही ठकुरी, दिनुप मगरएन्जल सम्मानित भए।
महामहिम अवार्ड यस वर्ष सुष्मा लामाकेशाङ युडोनलाई प्रदान गरिएको थियो।

कार्यक्रममा अनुपम श्रेष्ठ हटी नटीले अभिनेत्री श्वेता खड्कालाई सम्मान गर्दै उनका गीतमा नृत्य प्रस्तुत गरिन्।
मुख्य अतिथि अनिल केशरी शाह थिए भने श्वेता खड्का, डा. सुमी मल्ल, संजय शर्मा, मिस युनिभर्स सम्पदा घिमिरेजस्ता चर्चित व्यक्तित्वको उपस्थिति थियो।

कार्यक्रमलाई ब्लु डायमण्ड सोसाइटी, फ्रुट जेम, परी कस्मेटिकस्टेला मेकअप ब्रान्डले सहयोग गरेका थिए।

For More videos Log on to Mazzako TV