नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले देशभरका झण्डै ४० सिनेमा हलमा प्रदर्शनको ५१ औँ दिन सफलतापूर्वक पूरा गरेको छ। नेपाली चलचित्रको सन्दर्भमा ५१ दिन प्रदर्शन हुनु ठूलो उपलब्धि मानिन्छ, र ‘ऊनको स्वीटर’ले यो उपलब्धि दर्शकको मन जित्दै हासिल गरेको हो।

नवीन चौहानद्वारा लिखित तथा निर्देशित यो चलचित्रले नेपाली समाजको यथार्थ कथा, सशक्त अभिनय र भावनात्मक संगीतको संयोजनमार्फत दर्शकमा गहिरो छाप छोडेको छ। निर्देशक चौहानले दर्शक र शुभचिन्तकलाई धन्यवाद दिंदै चलचित्रको सफलताले आगामी दिनमा अझ प्रेरणा मिलेको बताएका छन्।

‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, भावना खपांगी मगर, विल्सन विक्रम राई, सुनिल पोखरेल लगायत कलाकारको अभिनय रहेको छ। आर्टमान्डूको निर्माणमा बनेको यो चलचित्र परिवारसहित हेर्न उपयुक्त मानिँदै ग्रामीणदेखि सहरी दर्शकसम्म लोकप्रिय बन्न सफल भएको छ। समीक्षकहरूले पनि चलचित्रको कथा, प्रस्तुति र भावनात्मक गहिराइको प्रशंसा गरेका छन्।

For More videos Log on to Mazzako TV