चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक गरिएको छ।दर्शकवृन्द, ट्रेलरले अहिले सामाजिक सञ्जालमा निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ। ट्रेलरले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको महत्व दर्शाउँदै नयाँ पुस्तालाई आफ्नै मौलिकतासँग जोड्ने गहिरो प्रयास गरेको देखिन्छ। निर्देशक मित्र प्रधानले नेपाली भाषाको संरक्षणका लागि गरिएको संघर्षलाई चित्रण गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको बताए। पत्रकार सम्मेलनमा निर्माता तथा कलाकार रोशन श्रेष्ठ, अभिनेता विजय बराल, विल्सन विक्रम राई, र नायिका आयुषा समाल लगायतले चलचित्रको कथा, गीत र सन्देशको खुलेर प्रशंसा गरे।

असार २७ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, बुद्धि तामाङ, विल्सन विक्रम राई, आयुषा समाल लगायतको अभिनय रहेको छ। साहित्यकार मित्र प्रधानको निर्देशन रहेको यो चलचित्रलाई रोशन श्रेष्ठले निर्माण गरेका हुन्। चलचित्रमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईको संगीत, बनिश शाहको सम्पादन, सौरभ लामाको छायांकन र सत्यम रानाको सीजीआई रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने चलचित्रले देश–विदेशमा रहेका नेपालीलाई आफ्नो भाषा र संस्कृतिप्रतिको प्रेम झनै बलियो बनाउने विश्वास गरिएको छ।

For More videos Log on to Mazzako TV