निर्देशक ऋषि लामिछानेको निर्देशनमा तयार भएको नयाँ नेपाली सिनेमा ‘माग्ने राजा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ६ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने घोषणा गरिएको छ। प्रज्ञा डबलीमा आयोजित कार्यक्रममार्फत सार्वजनिक दुई पोस्टरमध्ये एकमा केदार घिमिरे (माग्ने बुढा) लाई पैसा सहित राजकीय लुकमा देखाइएको छ भने अर्कोमा केदार, वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई एकसाथ प्रस्तुत गरिएको छ।

८ वर्षपछि निर्देशनमा फर्किएका लामिछानेले यो फिल्मले आजको युवापुस्ताले आफूलाई कसरी ‘राजा’ जस्तो देखाउन खोज्छन् भन्ने विषय चित्रण गर्ने बताए। फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, मिस पबी लगायतको अभिनय रहेको छ भने आर्यन सिग्देलको विशेष भूमिका पनि रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यस सिनेमाको छायांकन नरेन्द्र मैनाली, कथा–पटकथा सामीप्य राज तिमल्सेना, र संगीत दीपक शर्मा तथा बाबुल गिरीको रहेको छ।

निर्माता मुनाल घिमिरे र निर्देशक लामिछानेको यो तेस्रो सहकार्य हो, जसअघि उनीहरूको ‘श्रीमान–श्रीमती’ र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ सफल भएका थिए। अब ‘माग्ने राजा’ पनि सुपरहिट हुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

For More videos Log on to Mazzako TV