‘अभिमन्यु : च्याप्टर–१’ले सुरु गर्यो एआई प्रविधिबाट प्रचार
अनौठो शैलीमा प्रचार सुरू गरेको छ। चलचित्रको टिजर भिडियोमा रहस्यमयी पात्र हिममानव यति ले सिनेमा हल पुगेर “अभिमन्यु कहिले लाग्छ?” भनेर सोधेको दृश्य छ, जसमा हिमाली क्षेत्रमा सिनेमा हल नभएकाले ‘सहर झरेर हेर्नुपर्छ’ भन्ने व्यंग्यात्मक तर सन्देशपूर्ण शैली देखिएको छ। अर्को भिडियोमा यतिले आफैं ‘पूर्ण बहादुरको सारङ्गी’ हेरेको र अब ‘अभिमन्यु’ हेर्ने भन्दै भदौ २७ लाई रिलिज मिति बताउँछ। यसरी सस्तो, सरल र सृजनात्मक तरिकाबाट एआई प्रयोग गर्दै प्रचार गर्न सकिने अभ्यासको यो एक उत्कृष्ट उदाहरण बनेको छ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर–१’ लाई निर्देशक सुशान्त गौतम ले निर्देशन गरेका हुन्, जुन उनको डेब्यु निर्देशन हो। चलचित्रमा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया र सुष्मा निरौला मुख्य भूमिकामा छन्। पैसाको लोभमा परेको पात्रले चक्रव्यूहबाट उम्कन संघर्ष गर्ने कथालाई केन्द्रमा राखिएको यो फिल्म हाल पोस्टप्रोडक्सनको चरणमा छ।

यस चलचित्रलाई विश्वभर एकै साथ हिन्दी र नेपाली भाषामा रिलिज गरिने तयारी गरिएको छ। चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, नीराजन लुइँटेललगायत छन्। मदन थापा क्रिएटिभ निर्देशक रहेका यस सिनेमाको छायांकन शरद महतोले गरेका हुन्। ‘अभिमन्यु’ को प्रचारशैली र विषयवस्तुले नेपाली फिल्म क्षेत्रमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
For More videos Log on to Mazzako TV







