दशैंमा आउने ‘जारी २’को छायांकन सकियो
कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भइरहेको बहुप्रतीक्षित चलचित्र ‘जारी २’ को छायांकन सम्पन्न भएको छ। पाँचथरमा ३६ दिनमा खिचिएको यो फिल्म बडादशैंको अवसरमा प्रदर्शनमा ल्याइने निर्माण टिमले जानकारी दिएको छ। छायांकन सकिएसँगै मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक तस्वीरमा मिरुना लिम्बु पोशाकमा सजिएकी छन् भने दयाहाङ राई परम्परागत च्याब्रुङ बजाउँदै देखिन्छन्।

‘जारी २’ को स्लोगन “Song of Chyabrung” राखिएको छ, जसले सिनेमा संस्कृति र भावनालाई जोड्ने संकेत गर्छ। बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमाका निर्माता रामबाबु गुरुङ हुन्। फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, सिर्जना निङ्लेखु लगायतको अभिनय रहेको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको ‘जारी २’ ले पहिलो भागको सफलता दोहोर्याउने अपेक्षा गरिएको
